Display
Gorkha Patra-गोरखा पत्र

Gorkha Patra-लोक सेवा महत्वपुर्ण सामग्री - Shrawan 07

2025-07-22
0 minutes पढाइ
लाइक्स

१. १७ औँ ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

  • सन् २०२५ जुलाई ५-६, रियो दी जेनेरियो, ब्राजिल 

  • वैश्विक मञ्चमा आर्थिक रूपमा उदाउँदै गरेका विकासशील देशहरूको समूह ब्रिक्सको १७ आँ शिखर सम्मेलन ब्राजिल को रियो दि जनेरियोमा सम्पन्न भएको ।बहुपक्षीयतामा जोड दिँदै ब्रिक्स सम्मेलन सम्पन्न – Online Khabar

  • सम्मेलनले एकतर्फी ढङ्गले भन्सार बढाउने र आयातमा रोक लगाउने अमेरिकी कदमको आलोचनासहितको घोषणापत्र जारी गरेको ।

  • इरानमाथिको सैन्य हमला 'अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन' भएको सम्मेलनको निष्कर्ष रहेको 

  • त्यस्तै, इजरायलद्वारा गाजामा भइरहेको आक्रमणको पनि ब्रिक्सले निन्दा गरेको ।

  • सम्मेलनमा ब्रिक्सका संस्थापक तथा शक्तिशाली देश रुस र चिनका राष्ट्रपति अनुपस्थित रहेका।

२. सन् २०२५ जुलाइमा मलेसियामा सम्पन्न एसिसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

  • नेपाल (उपविजेता : सिङ्गापुर) मलेसियाविरुद्ध सानदार जित निकाल्दै एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा  नेपाल « Bagmati Samachar

  • सर्वोत्कृष्ट खेलाडी : रौनक श्रीवास्तव (नेपाल)

  • सर्वोत्कृष्ट बलर : विपिन शर्मा (कप्तान, नेपाल)

  • सहभागी टोली : १० (नेपाल, भुटान, माल्दिभ्स, म्यानमार, थाइल्यान्ड, हडकड, सिङ्गापुर, मलेसिया, इन्डोनेसिया र जापान)

  • नेपाल लगातार चौथो पटक च्याम्पियन बनेको ।

  • यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो।

  • गण्डकी प्रदेश सभाले मगर र गुरुड भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था

 

३. गण्डकी प्रदेश सभाले मगर र गुरुड भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कहिले पारित गरेको हो ?

  • विसं २०८२ असार २४गुरुङ र मगर भाषा सरकारी कामकाजमा प्रयोग

  • प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा प्रमा णीकरण भएपछि विधेयकले कानुनको रूप लिने छ।

  • यो सँगै गण्डकी प्रदेशमा सरकारी कामकाजी भाषाको रूपमा अब नेपाली, मगर र गुरुङ भाषा गरी ३ भाषा कायम हुने ।

  • गण्डकी प्रदेशमा कुल जनसङ्ख्याको १९.७९ प्रतिशत मगर र ११.३१ प्रतिशत गुरुङ जाति रहेका।

४. त्रिभुवन विश्वविद्यालयको २१ औँ उपकुलपतिमा को नियुक्त हुनुभएको छ?थाहा खबर: त्रिविको उपकुलपतिमा प्राडा दिपक अर्याल नियुक्त

  • प्राडा दीपक अर्याल (विसं २०८२ असार २५) 

  • अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुनुहुन्छ।

  • २०५२ सालमा त्रिवि प्रवेश गरेका अर्याल चर्चित हास्य व्यङ्ग्यकार एवं साहित्यकार स्व. भैरव अर्यालका जेठा छोरा हुनुहुन्छ ।

५. सरकारले जटिल रोगका बिरामीले दुई लाख रुपियाँसम्मको स्वास्थ्य बिमा सुविधा पाउने व्यवस्था कहिलेदेखि लागु गर्ने निर्णय गरेको छ ?जटिल रोगका बिरामीले अब दुई लाख उपचार सुविधा पाउने - धादिङपोष्ट

  • विसं २०८२ साउन १ गते 

  • मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

  • सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमरका बिरामीले यो सुविधा पाउने।

  • हालसम्म सरकारले जटिल रोगका बिरामीलाई एक लाख रूपियाँसम्मको बिमा सुविधा उपलब्ध गराउँदै आएको।

६. हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा कहिले जोडिएको हो ?हुम्लाको सदरमुकाम सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिँदै «  Nepalpublicpress

  • विसं २०८२ असार २२

  • कर्णाली करिडोरको चुवाखोलामा निर्मित बेलिब्रिज विसं २०८२ असार २२ मा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन भएसँगै हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएको।

  • हुम्ला जिल्ला भने २०७७ मड्सिरमै राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो। यद्यपि, सदरमुकाम भने राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी थियो ।

  • कर्णाली करिडोर दक्षिणमा छिमेकी मुलुक भारतको सीमा रूपैडियादेखि उत्तर छिमेकी मुलुक चीनको सीमाना हिल्सासम्म गएर टुङ्गिन्छ। अब, भारतीय सहर रूपैडिहाबाट चीन सीमास्थित हिल्सासम्म एउटै गाडीमा जान सकिने भएको छ ।

७. सन् २०२५ जुलाईमा श्रीलड्काको कोलम्बोमा सम्पन्न नवाँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा नेपालले कुन स्थान हासिल गऱ्यो ?

  • द्वितीय (प्रथम : भारत)

  • प्रतियोगितामा नेपाल २१ स्वर्ण, ९ रजत र ६ कास्यका साथ

  • दोस्रो स्थान हासिल गर्न सफल भएको।

  • भारतले २३ स्वर्ण, २४ रजत र २ कास्य पदक हात परोको।

  • ६ राष्ट्र सहभागी प्रतियोगितामा तेस्रो देखि छैटाँसम्म क्रमशः श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र भुटान रहेका।

८. ठुलो जनधनको क्षति हुने गरी भोटेकोशीमा ठुलो बाढी कहिले आएको हो ?कसरी आयो भोटेकोशीमा यति ठूलो बाढी?

  • विसं २०८२ असार २४ 

  • बाढीका कारण १० भन्दा बढीको निधन र १९ भन्दा बढी बेपत्ता तथा थुप्रै घाइते भएका।

  • बाढीले रसुवा भन्सार कार्यालय टिमुरेको यार्ड/सुक्खा

  • बन्दरगाहमा भन्सार जाँच पासका लागि राखिएका ६४ सवार साधन बगाएको।

  • बाढीले नेपाल-चिन जोड्ने मितेरी पुल बगाएको ।

  • बाढीले ड्याममा क्षति पुऱ्याउँदा १११ मेगावाटको रसुवागढी जलविुद्युत् र बाढीको लेदो पस्दा २० मेगावाटको चिलिमे जलविद्युत् आयोजना प्रभावित बनेका।

  • स्याफ्रुवेसीदेखि रसुवागढी नाकासम्मको सडक १४ किलोमिटर क्षेत्रमा थुप्रै ठाउँमा क्षति पुगेको।

९. राष्ट्र बैड्कका गभर्नर डा. विश्वनाथ पौडेलद्वारा आव २०८२/८३ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा विश्वनाथ पौडेल #LIVE «  Clickmandu

  • विसं २०८२ असार २७

  • मौद्रिक नीतिका प्रमुख प्रावधान

  • नीतिगत दर ५ बाट ४.५ प्रतिशत कायम।

  • स्थायी तरलता दर ६.५ बाट ६ र निक्षेप सुविधा दर ३ बाट २.७५ प्रतिशत कायम।

  • मुद्रा प्रदाय र कर्जाको वृद्धिदर क्रमशः १३ प्रतिशत र १२ प्रतिशत हुने प्रक्षेपण।

  • निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा तीन करोड कायम गरिएको।

  • पहिलो घर निर्माण र खरिद गर्दा कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म कायम गरिएको।

  • मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा रु. १५ करोडबाट  बढाई रु. २५ करोड कायम।

  • लघुवित्तले १५ प्रतिशतसम्म लाभांश दिन पाउने व्यवस्था  पुनरवलोकन हुने।

  • विदेश भ्रमण जानेले लैजान पाउने डलर २५ सयबाट तीन हजार बनाइएको।

  • कर्जा निक्षेप अनुपातको विकल्पको रूपमा लिक्वीडिटी कभरेज रेसियो र नेट स्टेबल फन्डिड रेसियो पहिचान गरिएको।

  • 'नियो बैङ्क' स्थापनाका लागि कानुनी व्यवस्था गरिने घोषणा।

  • बैङ्क तथा वित्तीय संस्थाले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्याङ्कन गरी रु. १० लाखसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने।

  • वाणिज्य बैङ्कहरूको सम्पत्तिको गुणस्तरमा सुधार गर्न सम्पत्ति गुणस्तरको मूल्याङ्कन गरिने।

  • ऋणीसँग नेपाल राष्ट्र बैङक कार्यक्रम सञ्चालन गरिने। 

१०. बिमा प्राधिकरणले सरकारी स्कुलका विद्यार्थीलाई बिमाको दायरामा ल्याउने गरी आर्थिक वर्ष २०८२/८३ को बिमा नीति तथा कार्यक्रम कहिले सार्वजनिक गरेको हो ?

  • विसं २०८२ असार २४बीमा प्राधिकरणको पहिलो नीति तथा कार्यक्रम : सरकारी विद्यालयका विद्यार्थीको  बीमा गर्ने – Online Khabar

  • प्रचलित कानुन, राष्ट्रिय बिमा नीति, नियमावली, प्राधिकरणको पञ्चवर्षीय रणनीतिक योजना, विगतका कार्यक्रम तथा अन्तर्राष्ट्रिय असल अभ्यासलाई आधार बनाई वार्षिक नीति बनाइएको प्राधिकरणले जनाएको। वार्षिक नीतिले बिमा क्षेत्रलाई डोऱ्याउन र स्वनियमनमा राख्न मद्दत मिल्ने विश्वास लिइएको।

बिमा नीति तथा कार्यक्रमका प्रमुख प्रावधान

  • डिजिटल भुक्तानी तथा वैकल्पिक वितरण प्रणाली प्रवर्धन।

  • बिमा कम्पनीमा पारदर्शिता ड्यासबोर्ड प्रणाली लागु गर्ने।

  • बिमित हकहित संरक्षण कानून।

  • प्रदेश, स्थानीय तह, निजी क्षेत्रसँग सहकार्य।

  • गुनासो तथा उजुरी प्रक्रिया डिजिटल प्रणालीमा।

  • बिमकहरूद्वारा कम्तीमा एउटा नवीनतम बिमालेख निर्माण गर्ने।

  • बिमा सूचनाकेन्द्र तथा बिमा विकास कोष स्थापना।

  • सरकारी विद्यालयका विद्यार्थीको बिमा ।

  • लक्षित समूह तथा वर्गको पाइलट बिमा  ।क्रेडिट क्रन्च के हाे ? कसरी हाेला समाधान ? – Equity Nepal

११. क्रेडिट क्रन्च भन्नाले के बुभिन्छ ? 

  • वित्तीय प्रणालीमा लगानीयोग्य पुँजीको अभाव

१२. सरकारले राष्ट्रिय कोदो दिवस कुन दिन मनाउने निर्णय गरेको छ?आज कोदो दिवस मनाइँदै, सरकारले मान्यता नदिएकोमा अभियन्ताहरु दुखी - सीआईएन ::  CIN Khabar

  • साउन १६ गते 

  • विसं २०८२ असार २३ को मन्त्रीपरिषद् बैठकद्वारा यससम्बन्धी निर्णय गरिएको।

 

१३. काठमाडौँ महानगरपालिकाले जलवायु सङ्कट र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि कुन अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ?

  • जिरो वेस्ट सिटी फोहोरलाई 'मोहर'मा बदल्ने अब्बल स्थानीय तह- न्युज फोल्डर - कान्तिपुर समाचार

  • विसं २०८२ असार २९ को नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले फोहोरबाट ऊर्जा उत्पादन (वेस्ट टु इनर्जी), सामुदायिक पुनः प्रयोग केन्द्र र सहरी वनको अवधारणा कार्यान्वयन गरिने बताउनुभएको।

१४. हेमबहादुर मल्ल सम्मान, २०८२ कसलाई प्रदान गरियो ?पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पुन: आईसीजेको आयुक्तमा निर्वाचित - ::  नेपाल लाइभ :: Nepal Live - Independent Digital Media

  • पर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ

  • हेमबहादुर मल्ल सम्मान २०५७ सालमा स्थापना गरिएको।

  • सार्वजनिक वितरण, सेवा र व्यवस्थापन क्षेत्रमा स्वर्गीय हेमबहादुर मल्लको योगदानको कदर गर्दै साल्ट ट्रेडिड कर्पोरेसनको सौजन्यमा उक्त सम्मान स्थापना गरिएको।

  • ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय मल्लले साल्ट ट्रेडिड कर्पोरेसनको नेतृत्व तहमा रही सार्वजनिक वितरण, 

  • सेवा र व्यवस्थापनमा प्रेरणादायी योगदान गर्नुभएको थियो।

  • साल्ट ट्रेडिडका संस्थापक प्रमुख, कार्यकारी प्रमुख, प्रमुख सल्लाहकार र अध्यक्षसमेत भएर सेवा गरेका मल्लको जन्म निसीभुजी (बागलुड) मा भएको थियो।

१५. नागरिकको स्वास्थ्य उपचारका लागि सहयोग पुन्याउने उद्देश्यका साथ एक अर्ब रुपियाँको नागरिक स्वास्थ्य उपचार कोष स्थापना गर्ने स्थानीय तह कुन हो ?श्रोत नक्सा | जैमिनी नगरपालिका

  • जैमिनी नगरपालिका, बागलुङ (तीन वर्ष  अघि जैमिनी नागरिक स्वास्थ्य उपचार कोष घोषणा गरेर अभियान थालनी भएको।)



१६. सरकारले कुन अवधिदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ?

  • आव २०८२/८३

१७. बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना वाजे दलाई छ महिनाको जेल सजाय कहिले सुनाइएको हो ?बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय : Kendrabhag

  • सन् २०२५ जुलाई २ 

  • बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा छ महिनाको जेल सजाय सुनाएको।

  • गत वर्ष जुलाईमा बङ्गलादेशमा तत्कालीन सरकारविरुद्ध भएका प्रदर्शनपछि हसिनाले सत्ताबाट हट्नु परेको थियो।

  • यो सजाय उहाँले आत्मसमर्पण गर्ने वा प्रहरीले पक्राउ गर्ने दिनदेखि लागु हुने जनाइएको ।

१८. सबै जिल्लामा स्वास्थ्य बिमा लागु गर्ने पहिलो प्रदेश कुन हो ?गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम « Kendrabindu

  • सुदूरपश्चिम प्रदेश 

प्रस्तुतकर्ता : टड्क केसी

 

साझा गर्नुहोस्:

सम्बन्धित लेखहरू

सम्बन्धित लेखहरू फेला परेनन्।