Gorkha Patra-गोरखा पत्र

Gorkha Patra – गोरखा पत्र असार १ गतेको लोक सेवा सामग्री

2025-09-17
लाइक्स

1. नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल व्यक्तित्व को हुनुहुन्छ?

  • ·      सुशीला कार्की
  • ·      कार्की विसं २०८२ भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको।
  • ·      राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपालको संविधानको धारा ६१ (४) को आधारमा कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको ।
  • ·      जेनजी आन्दोलनकारीको रोजाइमा परेर देशको पहिलो महिला सरकार प्रमुख बन्नुभएको नवनियुक्त प्रधानमन्त्री कार्कीको प्रमुख कार्यभार छ, महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेको।
  • ·      कार्कीले विसं २०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म नेपालको पहिलो महिला प्रधान न्यायाधीशको रूपमा कार्यभार समाल्नुभएको थियो। प्रधान न्यायाधीशबाट अवकाश भएको करिब आठ वर्षपछि उहाँले कार्यपालिकाको नेतृत्व गर्ने नेपालको पहिलो महिला सरकार प्रमुखको इतिहास रच्नुभएको।
  • ·      कार्कीले आफ्नो इमानदार छवि र दृढ निर्णयका कारण न्यायालयमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको।
  • ·      लोकमानसिंह कार्की प्रकरण, सुडान घोटाला, दाइजोसम्बन्धी मुद्दा, बैङ्क अनियमितता जस्ता चर्चित मुद्दाको फैसलामा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको ।
  • ·      प्रधानन्यायाधीशको कार्यकाल सकिन करिब ४० दिन बाँकी रहँदा उहाँलाई महाभियोग लगाइएको
  • ·      थियो। व्यापक विरोधपश्चात् सो प्रस्ताव फिर्ता भएको थियो।
  • ·      सर्वोच्च अदालतले पछि त्यसलाई राजनीतिक प्रतिशोध भनेको थियो।
  • ·      उहाँलाई निर्भीक, इमानदार र न्यायप्रति समर्पित न्यायाधीशका रूपमा चिन्ने गरिन्छ।
  • ·      विराटनगर (मोरड) मा विसं २००९ जेठ २५ गते जन्मनुभएको कार्कीले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासिल गर्नुभएको।

२.नेपालको इतिहासमा पहिलो पटक महिला महान्यायाधिवक्ता बन्न सफल व्यक्तित्व को हुनुहुन्छ?

  • ·      सविता भण्डारी
  • ·      विसं २०८२ भदौ २९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई नियुक्त गरिएको ।
  • ·      प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको ।
  • ·      न्यायिक वृत्तमा सबैले गुरु मान्ने कृष्णप्रसाद भण्डारीको छोरी सविता राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त पनि हुनुहुन्छ ।
  • ·      पहिलो महान्यायाधिवक्ता : कालीप्रसाद उपाध्याय

३. नेपालमा भ्रष्टाचारको विरोध एवं सामाजिक सञ्जालमाथि प्रतिबन्धको विषयमा केन्द्रित रही जेनजी पुस्ताको आन्दोलन कहिले सञ्चालन भएको हो ?

  • ·      विसं २०८२ भदौ २३-२४
  • ·      डिजिटल प्रविधि र सामाजिक सञ्जालमा सशक्त बनेको जेनजी पुस्ता आफ्ना मागहरू उठान गर्दै सशक्त रूपमा आन्दोलनमा उत्रिएको ।
  • ·      जेनजी पुस्ताको पहलमा अघि बढेको सो आन्दोलनमा विद्यार्थी, युवा, उद्यमी, श्रमिक र प्रवासी आवाजलाई एउटै उद्देश्यमा बाँध्दै विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिता रहेको।
  • ·      राज्यसत्ता, राजनीतिक नेतृत्व र प्रशासनलाई जवाफदेही बनाउन उठाइएका सवालहरूले तत्कालीन समस्या मात्र नभई दीर्घकालीन न्याय, समानता र पारदर्शी शासन प्रणालीको आधार तयार गर्न दिशा देखाउने विश्वास जेनजी पुस्ताको रहेको ।
  • ·      चर्चित शब्द : नेपोबेबिज (अवसर, जागिर, छात्रवृत्ति वा सुविधा पाउन पहुँच र नातावादलाई आधार बनाउने प्रवृत्ति)।
  • ·      मुख्य नारा : इनफ इज इनफ, वेक अप जेन-जी, युथ अगेन्स्ट करप्सन
  • ·      प्रमुख घटनाक्रम
  • ·      आन्दोलनको सुरुवात : २०८२ भदौ २३
  • ·      गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा : २०८२ भदौ २३
  • ·      सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा : २०८२ भदौ २३
  • ·      प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा: २०८२ भदौ २४
  • ·      प्रधान सेनापति अशोकराज सिग्देलद्वारा राज्यको नाममा सम्बोधन : २०८२ भदौ २४
  • ·      सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन, संसद् विघटन : २०८२ भदौ २७
  • ·      आन्दोलनको प्रभाव ७२ भन्दा बढीको मृत्यु, सयाँ घाइते।
  • ·      संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत जस्ता महत्त्वपूर्ण सरकारी भवनमा आगजनी।
  • ·      राष्ट्रपति भवन, विभिन्न मन्त्रालय र नेताहरूको निवासमा ठुलो क्षति ।

 ४. विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देश कुन हो ?

  • ·      अल्बानिया
  • ·      नियुक्ति मिति : सन् २०२५ सेप्टेम्बर ११
  • ·      नाम : डिएला
  • ·      उद्देश्य : भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासन व्यवस्था प्रवर्धन
  • ·      अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो मन्त्रीपरिषद्मा विश्वकै पहिलो एआई मन्त्री नियुक्त गरेका छन्। यो ऐतिहासिक जिम्मेवारी डिएलाले  पाएकी हुन्।
  • ·      प्रधानमन्त्रीका अनुसार डिएलाले सार्वजनिक कोष, सरकारी परियोजना र ठेक्का टेन्डरहरूलाई कडाइका साथ अनुगमन गर्नेछिन्। डिएलाको सक्रियताले मुलुकमा ठेक्का टेन्डरहरू शतप्रतिशत पारदर्शी र भ्रष्टाचारमुक्त हुने विश्वास गरिएको।

५. नेपालमा राष्ट्रिय बाल दिवस कहिले मनाइन्छ ?

  • ·      भदौ २९
  • ·      विसं २०८२ (६१ औँ) बाल दिवसको नारा: 'बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी'
  • ·      विसं २०६३ देखि नेपालले संयुक्त राष्ट्रसङ्घ बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको दिन २०४७ भदौ २९ को सम्भनामा हरेक वर्ष यो दिवस मनाउन थालिएको ।

 ६.   जेनजी पुस्ताको आन्दोलनपश्चात् गठित अन्तरिम सरकारले प्रतिनिधि सभाको निर्वाचन कहिले गर्ने घोषणा गरेको छ ?

  • ·      विसं २०८२ फागुन २१

७.   युनेस्कोद्वारा वास्तुकलाको राजधानीका रूपमा घोषणा गरिएको सहर कुन हो ?

  • ·      रियो दी जेनेरियो (ब्राजिल)

८. वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?

  • ·      शुक्र

९. अफ्रिका महाद्वीपकै ठुलो जलविद्युत् आयोजना कुन हो ?

  • ·      ग्रान्ड इथियोपियन रेनेसाँस ड्याम (गर्ड), ब्लु नाइल नदी, इथियोपिया
  • ·      उद्घाटन : सन् २०२५ सेप्टेम्बर ९
  • ·      उत्पादन क्षमता : ५,१५० मेगावाट
  • ·      निर्माण सुरु : सन् २०११
  • ·      कुल लागत : पाँच अर्ब अमेरिकी डलर
  • ·      यो आयोजना अन्तर्गत सन् २०२२ मा पहिलो टर्बाइनबाट
  • ·      विद्युत् उत्पादन सुरु भई क्रमशः सन् २०२५ सेप्टेम्बर ९ मा यसले अधिकतम ५,१५० मेगावाट उत्पादन पुऱ्याएको ।
  • १०. नेपालले विश्व स्वास्थ्य सड्घ (डब्लुएचओ) को सदस्यता कहिले प्राप्त गरेको हो ?
  • ·      सन् १९५३ सेप्टेम्बर २

११.मुलुकभरिका स्थानीय तहका उपमेयर र उपाध्यक्षको राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?

  • ·      विसं २०८२ जेठ २३-२४, विराटनगर सम्मेलनले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको।

१२. प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ?

  • ·      सोलुखुम्बु

१३. सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ?

  • ·      राष्ट्रिय योजना आयोग (२०८२ कात्तिकभित्र स्थापना निर्णय भएको)
  • ·      २०८२ जेठ ५ गते बसेको मन्त्रीपरिषद् बैठकले यो कार्ययोजना स्वीकृत गरेको।

१४. म्युजिक खबर दीर्घ साधना सम्मान २०८१ बाट सम्मानित हुने स्रष्टा को हुन् ?

  • ·      गीतकार यादव खरेल

१५. जितिया पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?

  • ·      तराई क्षेत्र
  • ·      आफ्ना सन्तानका लागि निराहार व्रत बसेर सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै यो पर्व असोज कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म मनाउने गरिन्छ।
  • ·      तराईका जिल्लामा थारू तथा मैथिली महिलाले विशेष महत्त्वका साथ मनाउने जितिया पर्वमा जितवाहन भगवानको पूजा आराधनासहित कठोर व्रत बस्ने चलन रहेको छ ।

१६. बेल्ट एन्ड रोड साहित्यिक सञ्जालको स्थापना कहिले गरिएको हो ?

  • ·      सन् २०२१ सेप्टेम्बर ७

१७. युरोपेली मुलुक फ्रान्सको प्रधानमन्त्रीमा हालै कसलाई चयन गरियो ?

  • ·      सेबास्टियन लेकोर्नु
  • ·      फ्रास्वाँ बायरोले विश्वासको मत गुमाएर राजीनामा दिएपछि राष्ट्रपति इमानुएल म्याक्राँले आफ्ना रक्षामन्त्री र निकट सहयोगी सेबास्टियन लेकोर्नुलाई नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका।
  • ·      दुई वर्षभित्र बनेका पाँचाँ प्रधानमन्त्री लेकोर्नुका सामु अब देशमा गहिरिंदै गएको राजनीतिक सङ्कट समाधान गर्नुपर्ने चुनौती रहेको।
  • ·      युरोपेली सङ्घको दोस्रो ठुलो अर्थतन्त्र फ्रान्स अस्थिरताको सँघारमा उभिएको।

१८. कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?

  • ·      विसं २०७८ असोज १२

 

१९. अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस कहिले मनाइन्छ ?

  • ·      सेप्टेम्बर १६
  • ·      सन् २०२५ को नारा : 'फ्रम साइन्स टु ग्लोबल एक्सन' अर्थात् 'विज्ञानबाट विश्वव्यापी कार्यसम्म'
  • ·      यो अभियानले वैज्ञानिक निष्कर्षलाई नीतिगत उपायहरू र अन्तर्राष्ट्रिय सहयोगमा कसरी रूपान्तरण हुन्छ भन्ने कुरा देखाउँछ, जसले वातावरणीय चुनौतीलाई सम्बोधन गर्न एकताबद्ध प्रयासको शक्ति प्रकट गछ ।

प्रस्तुतकर्ता : टड्क केसी

 

साझा गर्नुहोस्:

सम्बन्धित लेखहरू

सम्बन्धित लेखहरू फेला परेनन्।