Display
Educational Content

एक दिने निःशुल्क लोकसेवा Career Counselling कार्यक्रम आदिकवि भानुभक्त क्याम्पसमा हुने

2025-07-03
0 minutes पढाइ
लाइक्स
एक दिने निःशुल्क लोकसेवा Career Counselling कार्यक्रम आदिकवि भानुभक्त क्याम्पसमा हुने । तनहुँ, असार १७ — आदिकवि भानुभक्त क्याम्पस र पम्पाज एजुकेशनको सहकार्यमा एक दिने निःशुल्क लोकसेवा करियर काउन्सेलिङ कार्यक्रम यही असार २० गते, विहान ७:१५ बजे देखि क्याम्पस परिसरस्थित सभाभवनमा आयोजना गरिने भएको छ। कार्यक्रम सम्पूर्ण तनहुँवासी तथा लोकसेवा तथा शिक्षक सेवा तयारीमा रुचि राख्ने विद्यार्थीहरूका लागि निःशुल्क रुपमा खुल्ला गरिएको छ । यस विशेष कार्यक्रममार्फत सहभागीहरूले निम्न विषयहरूमा मार्गदर्शन प्राप्त गर्नेछन्: ✅सामान्य ज्ञान (GK) को विस्तृत जानकारी ✅लोकसेवा तथा शिक्षक सेवा तयारी कसरी सुरु गर्ने ? ✅नेपालको सन्दर्भमा हालको Career Trends र Opportunities कार्यक्रममा विगत लामो समयदेखि प्रशिक्षण क्षेत्रमा समर्पित GK प्रशिक्षक दिपक कुमार शाहद्वारा प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरिनेछ । लोकसेवा तथा शिक्षक सेवा सम्बन्धी हालको पाठ्यक्रम, तयारी विधि, रणनीति तथा अवसरहरूको बारेमा विस्तृत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रम आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरू मात्र नभई सम्पूर्ण इच्छुक व्यक्तिका लागि खुला रहेको आयोजक संस्थाले जनाएको छ । 👉 इच्छुक सहभागीहरूलाई तोकिएको समयमा उपस्थित भई कार्यक्रमको लाभ लिन हार्दिक आमन्त्रण गरिएको छ । 🧑‍💼आयोजक:आदिकवि भानुभक्त क्याम्पस, दमौली, तनहुँ 🧑‍💼सहकार्यःपम्पाज एजुकेशन, बागबजार, काठमाण्डौं । 🔗मिति: असार २० गते 🔗समय: विहान ७:१५ बजे 🔗स्थान: आदिकवि भानुभक्त क्याम्पस, सभाभवन, तनहुँ
साझा गर्नुहोस्:

सम्बन्धित लेखहरू

सम्बन्धित लेखहरू फेला परेनन्।